आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विदेशी नागरिकता लिएका १७ चिकित्सकको लाइसेन्स खारेज

विदेशी नागरिकता लिएका १७ चिकित्सकको लाइसेन्स खारेज

59

काठमाडौं, ११ बैशाख — नेपाल मेडिकल काउन्सिलले एकैपटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण उनीहरूको लाइसेन्स रद्द गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम उक्त निर्णय गरिएको हो। “नेपाली नागरिकता त्यागी विदेशी नागरिकता तथा राहदानी लिएका चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको छ,” उनले भने।

लाइसेन्स खारेजीमा परेका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुसाल, डा. मोती गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. नीरञ्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजीव हमाल, डा. सलुजा सिंह थारु, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दीपेन ढकाल र डा. तुसार सरवजना रहेका छन्।

काउन्सिलका अनुसार ती चिकित्सकहरूले व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन तथा हङ्कङलगायत देशको नागरिकता लिएका छन्।

काउन्सिलले नेपाली नागरिकता कायम नरहेका व्यक्तिले नेपालमा चिकित्सकीय अभ्यास गर्न नपाउने कानुनी व्यवस्था अनुसार लाइसेन्स खारेज गरिएको स्पष्ट पारेको छ।