आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ट्रामाडोल ३ हजार १०० क्याप्सुल र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित दुई जना पक्राउ

ट्रामाडोल ३ हजार १०० क्याप्सुल र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित दुई जना पक्राउ

पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

68

धरान, वैशाख ८ — सुनसरीको धरान उप-महानगरपालिका–१६ बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा वैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर PIT बाट खटिएको प्रहरी टोलीले धरान–१६ का राहुल आचार्य र रोहित रिजाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल ३ हजार १०० क्याप्सुल र स्पास्पेन १४ हजार ५० ट्याब्लेट बरामद गरिएको छ, जुन प्रतिबन्धित औषधीमा पर्छन्।

पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।