आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा सडक विस्तार कार्य अदालतको आदेशले रोकियो

वीरगञ्जमा सडक विस्तार कार्य अदालतको आदेशले रोकियो

74

वीरगंज, ७ बैशाख –  वीरगञ्ज महानगरपालिकाले नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ली चोकसम्म सडक विस्तारका लागि दिएको २४ घण्टे अल्टिमेटम कार्यान्वयन हुन नपाउँदै अदालतको आदेशले काम रोकिएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले निषेधाज्ञा जारी गरेपछि वडा न १२ मुरली मा सडक विस्तार कार्य स्थगित भएको हो।

महानगरले उक्त बाइपास सडकलाई दायाँ–बायाँ ५/५ मिटर गरी १० मिटर चौडा बनाउने योजना बनाएको थियो। यसअन्तर्गत केही खण्डमा विस्तार भइसकेको र बाँकी क्षेत्रमा संरचना हटाउन निर्देशन दिइएको थियो।
तर प्रभावित स्थानीयवासीहरूले उचित क्षतिपूर्ति, वैकल्पिक व्यवस्था र कानुनी प्रक्रिया पूरा नभएको भन्दै अदालतको शरण लिएका थिए।

अदालतले जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्रक्रिया नअपनाई निजी जग्गामा सडक विस्तार नगर्न आदेश दिएको छ।
महानगरले भने निषेधाज्ञाका कारण हाल संरचना हटाउने कार्य रोकिएको जनाएको छ। स्थानीयहरूले उचित मुआब्जा र व्यवस्था नभएसम्म घरजग्गा खाली नगर्ने अडान दोहोर्‍याएका छन्।