वीरगञ्ज, पर्सा ६ बैशाख — वीरगञ्जस्थित त्रिभुवन राजपथ अन्तर्गत पर्ने २५/२५ मिटर क्षेत्रभित्र रहेका संरचनाहरू हटाउने कार्य आज बिहानैदेखि सुरु गरिएको छ। सडक विस्तार तथा यातायात व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले स्थानीय प्रशासनले अभियान अघि बढाएको हो।
गण्डकदेखि मितेरी पुलसम्मको सडक खण्डमा दायाँ–बायाँ रहेका अवैध तथा मापदण्ड विपरीत निर्माण गरिएका घर, पसल तथा टहराहरूमा डोजर प्रयोग गरी भत्काउने कार्य भइरहेको छ। सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालन गरिएको यस अभियानलाई प्रशासनले दीर्घकालीन योजनाको रूपमा लिएको जनाएको छ।
अभियानका क्रममा केही स्थानमा स्थानीयसँग सामान्य तनावको अवस्था सिर्जना भए पनि सुरक्षाकर्मीको उपस्थितिमा कार्य निरन्तर जारी रहेको छ। प्रशासनका अनुसार सडक क्षेत्रभित्र अनधिकृत रूपमा बनेका संरचना हटाउँदा ट्राफिक जाम नियन्त्रणमा सहयोग पुग्ने र शहरको सुन्दरीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाले भने वैकल्पिक व्यवस्था र पर्याप्त समय नदिइएको गुनासो गरेका छन्। यद्यपि, प्रशासनले कानुनी प्रक्रिया अनुसार नै कार्य अघि बढाइएको दाबी गरेको छ।

![]()