आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सहसचिव हाजिर नगर्दा वीरगञ्ज महानगरमाथि मन्त्रालयको एक्सन, महानगरको अधिकार कटौती

सहसचिव हाजिर नगर्दा वीरगञ्ज महानगरमाथि मन्त्रालयको एक्सन, महानगरको अधिकार कटौती

66

वीरगंज पर्सा, ५ बैशाख २०८३
वीरगञ्ज महानगरपालिकाले सरकारले खटाएको कर्मचारीलाई हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार कटौती गरेको छ।

मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयअनुसार सहसचिव रेशमलाल कंडेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइए पनि महानगरले उनलाई हाजिर गराएको छैन।

मेयर राजेशमान सिंहले समन्वयबिना निर्णय गरिएको भन्दै पुनर्विचारको माग गरेका छन्। हाल दशौँ तहका अधिकृत अरविन्द लाल कर्णले सम्हाल्दै आएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी मन्त्रालयले रद्द गरेको हो। साथै, तोकिएको कर्मचारीलाई तत्काल हाजिर गराई कामकाजमा लगाउन निर्देशन दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत अभावका कारण स्थानीय तहमा सेवा प्रवाह प्रभावित हुने भएकाले मन्त्रालयले समस्या समाधानमा जोड दिएको जनाएको छ।