76
काठमाडौं, २ बैशाख २०८३— सभामुख डोलप्रसाद अर्याल सवार गाडीले लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
बुधबार थापाथली क्षेत्रमा अर्याल चढेको गाडीसहित अगाडि–पछाडि रहेका अन्य गाडीहरूलाई पनि ट्राफिक प्रहरीले रोकेर कारबाही गरेको हो। ट्राफिक प्रहरी स्रोतका अनुसार लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले चिट काटिएको हो।
घटनापछि ट्राफिक प्रहरी सिंहदरबार पुगेर थप प्रक्रिया अघि बढाएको थियो। स्रोतका अनुसार तीन वटा गाडीलाई चिट काटिएको छ।