आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रास्वपाको निर्णय: उपसभामुखमा रुबीकुमारी ठाकुर लाई समर्थन

रास्वपाको निर्णय: उपसभामुखमा रुबीकुमारी ठाकुर लाई समर्थन

76

काठमाडौं, २६ चैत ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिएका छन्। उनका अनुसार जनअपेक्षाअनुसार उदाउँदो शक्तिहरूबीच सहकार्य आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।

यसैबीच, उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरस्वती लामा लाई उम्मेदवार बनाएको छ। लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन |