71
काठमाडौँ, १३ चैत २०८२ – सुनको मूल्य आज शुक्रवार पनि घटेको छ । तोलामा ५ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १ सय ५० रुपैयाँले घटेर तोलको ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।