आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगन्जको लजमा भारतीय दम्पति पंखामा झुण्डिएको मृत फेला

वीरगन्जको लजमा भारतीय दम्पति पंखामा झुण्डिएको मृत फेला

89

वीरगंज, ८ चैत २०८२ – वीरगन्जमा एक भारतीय दम्पति लजको कोठाभित्र मृत फेला परेका छन्।

नयाँ बसपार्कस्थित भानु चोक नजिकको नवदुर्गा लजमा बस्दै आएका अन्दाजी ३४ वर्षीय बपन पत्रामा र उनकी पत्नी (पहिचान नखुलेकी) एउटै पंखामा झुण्डिएको अवस्थामा आइतबार फेला परेका हुन्।

कोठाबाट बिहानसम्म बाहिर ननिस्किएपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर ढोका फोड्दा दुवै जनाको शव फेला परेको हो। उनीहरू चैत ४ गते लजमा बस्न आएका थिए।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।