आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ठमेलबाट १० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

ठमेलबाट १० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

91

काठमाडौँ, ३ चैत – काठमाडौं, प्रहरीले ठमेल क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५३ वर्षीय तान जियाङ रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जियाङलाई अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) मा संलग्न रहेको आशंकामा आइतबार पक्राउ गरिएको हो। उनीबाट १० लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जियाङ चीनको हुवान क्षेत्रका बासिन्दा हुन्। प्रहरीले बरामद रकमको स्रोत खुल्न नसकेको भन्दै थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

पक्राउ परेका जियाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला प्रहरी परिसरमा पठाइएको छ।