आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अबु धाबीमा इरानी मिसाइल प्रहार: एक जनाको मृत्यु

अबु धाबीमा इरानी मिसाइल प्रहार: एक जनाको मृत्यु

68

काठमाडौँ ,१६ फागुन — संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका मिसाइलका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ। यूएईको आधिकारिक समाचार एजेन्सीका अनुसार इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई सुरक्षा प्रणालीले बीचमै नष्ट गरेको भए पनि केही मिसाइलका टुक्रा भूभागमा खसेका थिए।

घटनामा एक अज्ञात एशियाली देशका नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

यूएई सरकारले उक्त आक्रमणलाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन भएको बताएको छ। साथै, यस्तो “उत्तेजक र अस्वीकार्य” कार्यको जवाफ दिने सम्पूर्ण अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।

उता इरानबाट भने यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बन्न सक्ने आँकलन गरिएको छ।