97
काठमाडौं, ७ फागुन — साताको कारोबारको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो।
अघिल्लो दिन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ सय ८० रुपैयाँले वृद्धि भई ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ६१ हजार २ सय ३० रुपैयाँ निर्धारण गरिएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ।