आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भेडियाहीमा भव्य स्वागत: अनिल रुङ्टाप्रति मतदाताको भरोसा बलियो

भेडियाहीमा भव्य स्वागत: अनिल रुङ्टाप्रति मतदाताको भरोसा बलियो

126

पर्सा, २ फागुन – नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ का उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीमा भव्य चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ। पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने उनको अभियानमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। घरदैलोका क्रममा रुङ्टाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर इमानदार, उत्तरदायी र उपलब्धिमूलक नेतृत्व प्रदान गर्ने आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

समावेशी विकासको मार्गचित्रमार्फत क्षेत्रलाई दिगो प्रगतितर्फ अघि बढाउने अठोट व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सद्भाव अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने बताए। “जनताको विश्वास नै मेरो प्रेरणाको मूल आधार हो,” उनले भने, “तपाईंहरूको साथ र भरोसाले पर्सा–१ लाई समृद्धि र विकासको नयाँ शिखरतर्फ डोहोर्‍याउनेछ।”

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय अगुवा, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी रुङ्टालाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। घरदैलोका क्रममा देखिएको व्यापक जनसमर्थन, सक्रिय सहभागिता र आत्मीय वातावरणले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको आधार थप मजबुत बन्दै गएको संकेत गरेको उनीहरूको भनाइ थियो। उत्साह, एकता र परिवर्तनको सन्देश बोकेको उक्त कार्यक्रमले यही फागुन २१ गते हुन् गइरहेको र्वाचनप्रति कार्यकर्ता तथा समर्थकमाझ नयाँ ऊर्जा सञ्चार गरेको बताइएको छ |