आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लागू औषध गाँजा सहित ३ जना पक्राउ

लागू औषध गाँजा सहित ३ जना पक्राउ

90

विराटनगर, माघ १३ गते।
मोरङ र सुनसरी जिल्लाबाट लागू औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका–६ स्थित सखुवागाछीमा गरिएको सवारी चेकजाँचका क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को.२ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरेको हो। उक्त अटोका चालक धनकुटा चौबिसे गाउँपालिका–७ का साजन लिम्बु र अटोमा सवार गगन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–८ बाट अस्थायी प्रहरी चौकी कुशलबजारले जीवन नुनियालाई ७०० ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ।
गाँजा सहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।