आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सा प्रहरीको ठूलो सफलता : २४० किलो चरेससहित दुई युवक पक्राउ

पर्सा प्रहरीको ठूलो सफलता : २४० किलो चरेससहित दुई युवक पक्राउ

138

वीरगंज, ६ पुस –  पर्सा प्रहरीले ठूलो मात्रामा लागू औषध चरेससहित दुईजना युवकलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा      जगरनाथपुर पर्सा ढाट अगाडिबाट २४० किलो चरेस बरामद गरिएको हो।

पक्राउ पर्नेमा ना.३ ख ५०९३ नम्बरको ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले दिएको जानकारी अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका–२२ अन्तर्गत जगरनाथपुर ढाट अगाडि ट्रकलाई रोकेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा ट्रकमा फल्स बनाई लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा चरेस फेला परेको हो।
बरामद गरिएको लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सफलतासँगै सीमावर्ती क्षेत्रमा लागू औषध ओसारपसार नियन्त्रणमा प्रहरीको सक्रियता थप प्रभावकारी बन्दै गएको जनाइएको छ।