आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पुटिन भारत आइपुगे, मोदीद्वारा विमानस्थलमै विशेष स्वागत

पुटिन भारत आइपुगे, मोदीद्वारा विमानस्थलमै विशेष स्वागत

134

भारत, १८ मङ्सिर –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर पुटिनलाई स्वागत गरेका हुन्। यस अवसरमा दुवै नेताले एकअर्कालाई अँगालो हाल्दै आत्मीयता प्रकट गरेका थिए। स्वागतपछि मोदी र पुटिन एउटै कारमा विमानस्थलबाट बाहिरिएको दृश्यले भ्रमणको महत्व झनै बलियो बनाएको छ।

रुस–युक्रेन युद्ध सुरु भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हो, जसले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा विशेष ध्यान खिचिरहेको छ। भारतीय प्रधानमन्त्री मोदीले आज राति पुटिनको सम्मानमा एक विशेष निजी रात्रिभोजको आयोजना गरिएको छ।भ्रमणको क्रममा दुबै नेताबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विविध सम्झौता तथा छलफल हुने अपेक्षा गरिएको छ।