आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा

110

मधेस प्रदेश, १७ मङ्सिर – मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा तोकिएको छ।

यस अघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार राजीनामापछि अस्थिर बनेको थियो। मुख्यमन्त्री यादवले गत २४ कात्तिकमा बर्दिबासस्थित पानस होटलमा शपथ लिएका थिए। तर, शपथ ग्रहण गरेको २२ दिनमै उनले राजीनामा दिनु परेको हो।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको परमादेशपछि डाकिएको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने स्थिति स्पष्ट भएपछि मुख्यमन्त्री यादवले बुधबार राजीनामा दिएका हुन्।