आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु, अधिकांश एउटै परिवारका

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु, अधिकांश एउटै परिवारका

99

२५ श्रावन, काठमाडौं — केन्यामा भएको एक भीषण बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा रहेका यात्रुहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका थिए।

स्थानीय अधिकारीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ। बीबीसीले प्राप्त गरेको प्रहरी रिपोर्टअनुसार, शुक्रबार दिउँसो किसुमु–काकामेगा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको थियो।

प्रहरीका अनुसार १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। प्रारम्भिक अनुमानअनुसार दुर्घटनामा ज्यान गुमाउने सबै एउटै परिवारका सदस्य हुन सक्ने आशंका गरिएको छ।यो  क्षेत्रमा यसअघि पनि यस्ता सडक दुर्घटनाहरू हुने गरेका छन्।