आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सखुवाप्रसौनीमा ६२४ भूमिहीन परिवारलाई निस्सा वितरण, लाभग्राहीमा उत्साहको लहर

सखुवाप्रसौनीमा ६२४ भूमिहीन परिवारलाई निस्सा वितरण, लाभग्राहीमा उत्साहको लहर

147

असार १७, उत्सव खबर-सखुवाप्रसौनी

सखुवाप्रसौनी गाउँपालिकाले सोमबार एक विशेष समारोहमार्फत ६२४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको छ। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायका परिवारहरू यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन्।
गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साका अध्यक्ष तबरेज अहमद प्रमुख अतिथि थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भूमिहीन समुदायको जीवनस्तर उकास्न गाउँपालिकाले लिएको कदमबारे जानकारी गराउँदै भने, “भूमिहीन जनताको जीवनस्तर सुधार र स्थायी बसोबास सुनिश्चित गर्न गाउँपालिका दृढ प्रतिबद्ध छ।”
अध्यक्ष यादवले यस्ता सामाजिक र आर्थिक रुपमा पछाडि पारिएका समुदायहरूलाई जग्गाको हक दिलाएर सम्मानपूर्वक बाँच्न सक्ने आधार तयार गरिरहेको जनाए। कार्यक्रममा लाभग्राहीहरूले स्थानीय सरकारप्रतिको आभार व्यक्त गर्दै, अब स्थायी बसोबासको सपना साकार हुने विश्वास व्यक्त गरे।
यस अवसरमा अन्य स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।