आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २३ गते शुक्रवार प्रस्तुत हुने

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २३ गते शुक्रवार प्रस्तुत हुने

156

मधेश प्रदेश सरकारले भोली शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। शुक्रबार बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका जनाएको छ। प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए। मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले यसका लागि भोली जेठ २३ गते शुक्रबार दिउँसो ४ बजे बैठक बोलाइएको बताएका छन ।