137
काठमाडौँ, १४ माघ |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खुट्टामा चोट लागेपछि महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना भएका छन्।
जनकपुरमा कार्यक्रमका क्रममा माघ ५ गते लागेको सामान्य चोटबाट संक्रमण बढेपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको हो।
चिकित्सकहरूले केही दिन निगरानी आवश्यक रहेको बताएका छन्। पूर्ण स्वास्थ्य ठिक भएपछि मात्र उनी नियमित राजनीतिक गतिविधिमा फर्किने सचिवालयले जनाएको छ।