आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारकी बुहारी पक्राउ,विश्वासघात र ठगी सम्बन्धी आरोप

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारकी बुहारी पक्राउ,विश्वासघात र ठगी सम्बन्धी आरोप

187

२२ जेठ, वीरगंज: पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। श्रृतीर्लाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

रौनियारमाथि विश्वासघात र ठगी सम्बन्धी आरोप लागेको छ । यस विषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ। पर्सा प्रहरीले पक्राउ गरी पठाउनका लागि पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई आवश्यक अनुसन्धानका लागि पर्सा पठाइने जानकारी दिएका छन। श्रीमती श्रृती रौनियार र उनका श्रीमान सुमित रौनियार पप्पु कन्ट्रक्सनमा आबद्ध रहेर बिभिन्न व्यापारिक काममा लागेको बताइएको छ ।