आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर, ११ जनालाई कैद सजाय

वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर, ११ जनालाई कैद सजाय

143

काठमाडौँ, २३ मङ्सिर –  नेपाल वायुसेवा निगमका लागि आठ वर्षअघि दुई वाइडबडी विमान खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले पुष्टि गरेको छ। अदालतले निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ नेपाली र ७ विदेशी प्रतिनिधिलाई दोषी ठहर गर्दै कैद र जरिवाना सजाय सुनाएको हो।

अदालतका अनुसार तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना भ्रष्टाचारमा संलग्न रहेका छन्। कंसाकारलाई २ वर्ष ९ महिना, अधिकारीलाई १ वर्ष ६ महिना, अन्य दुई सदस्यलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको छ। सबैलाई १२ करोड २५ लाख ९० हजार रुपैयाँ बिगो र सोहि बराबर जरिवाना तिराउने निर्णय भएको छ।

अमेरिकी एएआर कर्पोरेसन, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाइ एक्सका ७ विदेशी प्रतिनिधि पनि दोषी ठहर भई डेढ वर्ष कैद तथा उस्तै बिगो र जरिवाना तोकिएका छन्।

अख्तियारका अनुसार ‘सार्वजनिक खरिदका कानुनी तथ्यहरूलाई अनदेखा गरी निगमलाई हानिनोक्सानी पुर्‍याउने बदनियतका साथ एमओयूमा कानुनविपरीतका मूल्य वृद्धिका सर्त र विमानका मेजर टेक्निकल स्पेसिफिकेसन भारवहन क्षमतालाई २ सय ४२ टनबाट घटाएर २ सय ३० टनमा कायम गरेको तर भुक्तानी भने २ सय ४२ टनकै गर्ने गरी राखेका प्रावधानलाई बदर गराउन, सच्याउन विभागीय मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा सो नगरी प्रस्ताव लाादा कम्पनी र निगमका पदाधिकारी/कर्मचारीको मिलेमतोमा बैंक जमानत सुरक्षणबिनै डलर सटहीको सुविधा सिफारिस गर्नु कानुन विपरीत हो,’ हिनामिना प्रकरणमा मन्त्रीबारे अख्तियारको अभियोगपत्रमा भनिएको छ । निगम सञ्चालक समितिले २०७३ असार ३० मा मापदण्ड संशोधन गरी मन्त्रिपरिषद्‌बाट जहाज किन्ने निर्णय गराएको थियो ।