आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा-गृह मन्त्रालय

२० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा-गृह मन्त्रालय

147

उत्सव खबर
असाढ ३ – गृह मन्त्रालयले देशभरका २० वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रजिअहरूको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा भएको निर्णयअनुसार १५ जना सहसचिव र ५ जना उपसचिवको सरुवा गरिएको हो। गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरुवा भएका प्रजिअहरूमा प्रशासनिक अनुभव बोकेका दक्ष अधिकारीहरू परेका छन्। गोरखा जिल्लामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल र बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको हो।

त्यस्तै, सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई प्रजिअका रूपमा खटाइएको छ। बाँकी १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन। गृह मन्त्रालयका एक उच्च स्रोतका अनुसार बाँकी जिल्लाका लागि सरुवा सम्बन्धी प्रक्रिया अन्तिम चरणमा रहेको छ र चाँडै सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ। सरुवा प्रक्रियालाई नियमित प्रशासनिक व्यवस्थापनको अङ्गका रूपमा लिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न जिल्लामा सुशासन, शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन सरुवा गरिएको हो।