आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एसईई नतिजा असारको तेस्रो हप्तामा सार्वजनिक हुने तयारी

एसईई नतिजा असारको तेस्रो हप्तामा सार्वजनिक हुने तयारी

168

उत्सव खबर
असाढ ३, वीरगंज: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आगामी असारको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। यसअघि असारको पहिलो सातामै नतिजा प्रकाशित गर्ने योजना रहेकोमा उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले केही समयपछि सारिएको हो।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिँदै भने, “हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। परीक्षण सकिएपछि डाटा इन्ट्री तथा रुजु प्रक्रिया अगाडि बढाइनेछ, त्यसपछि मात्र त्रुटिरहित रूपमा नतिजा सार्वजनिक गरिनेछ।” गत चैत २० गतेदेखि २९ दिनसम्म देशभरका शिक्षकहरू आन्दोलित भएकाले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको बोर्डले स्पष्ट पारेको छ।

बोर्डका अनुसार अहिले देशभरका मूल्यांकन केन्द्रहरूमा काम तीव्र गतिमा भइरहेको छ। मूल्याङ्कनपछि डाटा इन्ट्री, दोहोरो जाँच भेरिफिकेसन र अन्तिम अनुमोदनका प्रक्रियाहरू पूरा गरेर मात्र नतिजा सार्वजनिक गरिने बताइएको छ। बोर्डले नतिजा त्रुटिरहित बनाउने उद्देश्यले प्रविधिको प्रयोग बढाएको र आवश्यक पूर्वतयारीहरू अघि बढाइरहेको जनाएको छ। नतिजा सार्वजनिक मितिको केही दिन अघि आधिकारिक सूचना सार्वजनिक गरिने परीक्षा बोर्डले जनाएको छ।